साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
बिहिबार प्रतितोला १ हजार २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया