ग्लोबल आइएमईले माघ २९ देखि ५ अर्बको ऋणपत्र निष्कासन गर्दै, कति पाइन्छ व्याज ?

ग्लोबल आइएमईले माघ २९ देखि ५ अर्बको ऋणपत्र निष्कासन गर्दै, कति पाइन्छ व्याज ?


ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। 

बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्कासन गर्न लागेको हो। उक्त ऋणपत्र फागुन ३ गतेसम्म जारी हुनेछ । 

बैंकले १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकी २० लाख कित्ता आम सर्वसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ । 

सर्वसाधारणलाई बैङ्कले कुल १९ लाख ३० हजार कित्ता छुट्याइएको छ भने सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ ।  १००० रुपैयाँ अंकित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले ऋणपत्र निष्कासनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

Logo