सडकमै तरकारी फालेर किसानको प्रदर्शनः ‘बारीमा जाउँ भविष्य छैन, खाडी जाउँ उमेर छैन’

सडकमै तरकारी फालेर किसानको प्रदर्शनः ‘बारीमा जाउँ भविष्य छैन, खाडी जाउँ उमेर छैन’

केन्द्रबिन्दु
0
Shares

भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् । शुक्रबार किसानहरूले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । टमाटर, काउली, बन्दालगायतका तरकारीले सडक ढाकिएका छन् ।  

भारतीय तरकारी आयातमा रोक लगाउन पटकपटक सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि सडकमै आउनु परेको किसानहरूकाे गुनासाे छ । ‘बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन’ जस्ता लेखिएका प्लेकार्ड र ब्यानर उनीहरुले बोकेका थिए ।

Logo