मलेसियाका गृहमन्त्रीद्वारा चन्द्रागिरि भ्रमण

मलेसियाका गृहमन्त्रीद्वारा चन्द्रागिरि भ्रमण

केन्द्रबिन्दु
0
Shares

मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् । 

गृहमन्त्री इस्मालीले शनिबार काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण गरिएका विभिन्न पूर्वाधारको स्थलगत भ्रमण गराएका थिए । 

चन्द्रागिरिको भ्रमणका क्रममा गृहमन्त्री इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताएका थिए । उनले उक्त परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । 

आईएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमइको व्यवसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भई यो परियोजना निर्माणमा लागेका थिए । 

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । 

Skip This
Skip This
Logo