आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।
यस अफरअन्तर्गत आइएमई पे एपमा कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यही फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहनेछ ।
यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।































प्रतिक्रिया