स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक -वरिष्ठ उपाध्यक्ष ढकाल

स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक -वरिष्ठ उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन् । 

महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताएका हुन् । उनले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सिमित भएको गुनासो गरे । 

उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनगरी परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए । 

उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिए । 

वरिष्ठ उपाध्यक्ष ढकालले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको बताए । उनले उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको बताए । 

Skip This
Skip This
Logo