सेकेण्डमै १०० किमी प्रतिघण्टाको गति दिने कार सार्वजनिक, कति पर्छ मूल्य ?

सेकेण्डमै १०० किमी प्रतिघण्टाको गति दिने कार सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार सार्वजनिक भएको छ । हालै भारतको हैदराबाद ई–मोटर शोमा ४ सेकेन्डमै २०० किमी प्रति घण्टाको गति दिने ‘बाटिस्टा’ नामक इलेक्ट्रिक कार सार्वजनिक गरिएको हो । 

इटालीमा बनेको यस कारको डिजाइन पिनिनफरिनाले गरेको हो । यसले १.८६ सेकेन्डमा ०–१०० किमी प्रतिघण्टा र ४.७५ सेकेन्डमा ०–२०० किमी प्रति घण्टाको गति लिन सक्छ । साथै यस कारमा मात्र ३१ मिटरमा १०० किलोमिटर प्रतिघण्टाबाट ० सम्मको गति घटाउन सक्ने कम्पनीले दाबी गरेको छ । 

१२० केडब्ल्युएचको क्षमताको ब्याट्री जडान गरिएको सो इलेक्ट्रिक कारको टप स्पिड ३५० किमी प्रतिघण्टासम्म छ । ड्राइभिङ रेन्ज भने ४८२ किमी छ । यस इलेक्ट्रिक कारको बिक्री मूल्य करिव ३० करोड रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । 

Logo