एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले बुधबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ माघ २७ गतेदेखि बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको थियो । सोमध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर र ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। उक्त आईपीओमा मागभन्दा २१.०५७ गुणा बढी आवेदन परेको छ । फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको सीडीएसले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । एसियन हाइड्रोपावरलाई केयर एनपी डबल बी’ रेटिङ रेटिङ एजेन्सी केयर नेपालले प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ ।

Logo