आज पनि घट्यो नेप्से परिसूचक

आज पनि घट्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

बुधबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा आएर रोकिएको छ । 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ४०० विन्दुमा पुगेको छ।

नेप्सेमा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा अपी हाईड्रोपावर शीर्ष स्थानमा रहेको छ । यसको आज ६ करोडभन्दा बढीको कारोबार भएको छ। 

बुधबारको कारोबारमा निर्माण र प्रशोधनबाहेक सबै उप सुचकहरुमा आरालो लागेको छ। आजको कारोबार युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ ८.५४ प्रतिशतले बढेको छ। 

Logo