एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवासम्बन्धी सम्झौता

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवासम्बन्धी सम्झौता

केन्द्रबिन्दु
0
Shares

भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने जनाइएको छ । 

लामाे समयदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ । 

Skip This
Skip This
Logo