प्रविधिको तीब्र विकाससँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र डिजिटल हुँदै गइरहेका छन् । अझ भनौँ, कोरोनाको समयपछि त झन् डिजिटल प्रयोगमा सबैको लत नै बस्यो । त्यसपछि प्रविधिमा मानिसको व्यापकता छाएको छ । सूचना प्रविधि विकास भएसँगै मानिसले नयाँ नयाँ प्रविधिहरु विकास गर्न थालेका छन् । त्यहीँ विकसित मध्येको एक हो ई–बीमा ।
बीमा क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले ई–बीमा सन् २०१५ मा स्थापना भएको नेपालको पहिलो बीमा अनलाइन पोर्टल हो । कोरोनाको समयमा अवस्था धेरै चिन्तित थियो । त्यही समयलाई मध्यनजर गर्दै ई–बीमा को टिमले यो अनलाइन पोर्टल जन्माएको हो ।
ई–बीमाले जीवन र निर्जीवन बीमाका उत्पादनहरू उपलब्ध गराउँछ जहाँ प्रयोगकर्ताले शीर्ष कम्पनीहरूबाट अनलाइन मार्फत आफ्नो मनपर्ने बीमा तुलना गर्न र खरिद गर्न सक्छन् । एपका प्रबन्ध निर्देशक विजनेश डेभलपर कबिर महर्जनका अनुसार अब बिमा गर्न र बिमाको रकम भुक्तानी गर्नका लागि बीमा कम्पनी धाउनु पर्दैन । उनी भन्छन्, ‘ई–बीमा भनेको अनलाइन बीमा प्लार्ट फर्म हो । यसबाट सबै बीमा पोलिसीहरु खरिद–विक्री गर्न सकिन्छ रियल टाइम बेसिसमा । हाम्रो विभिन्न एपहरु पनि निर्माण भैसकेको छ । यो ई–बीमा एकदमै सुरक्षित छ । पहिला झन्झटिलो थियो । विश्वसनियता पनि थिएन । अहिले ग्राहकहरु पनि सचेत भैसकेका छन् । तपाईहरुले कुन बीमा किन्दा राम्रो हुन्छ बु्झेर किन्न सक्नुहुनेछ ।’
पछिल्लो समय बीमा क्षेत्र पनि प्रविधिमैत्री हुँदै गइरहेको छ । बीमाको प्रिमियम तिर्नेदेखि खरिद गर्नेसम्मका काम अनलाइनबाटै भइरहेका छन् । बीमा क्षेत्रलाई डिजिटल बनाउने अभियानमा ई–बीमा पनि सक्रियरूपमा लागि परेको छ ।
ई–बीमाबाट इन्स्योरेन्स पोलिसी तुलना गरेर इन्स्योरेन्स पोलिसी खरिद गर्न सकिन्छ । ईबी–मामा आवद्ध भएर नेपालका सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले आफ्नो पोलिसी बेचिरहेका छन् ।
हाल ई–बीमामा धेरैजसो बीमा कम्पनीहरु आवद्ध भएका छन् । ईबीमाले सन् २०२० मा बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको हो । ईबीमाबाट विभिन्न कम्पनीका इन्स्योरेन्स पोलिसी तुलना गरेर खरिद गर्न सकिन्छ ।
ईबीमामा आफु सुचित भएर बीमा किन्न सकिने प्लेटफर्म भएको ईबीमाका विजनेश डेभलपर कबिर बताउँछन् । ई–बीमाले बीमा क्षेत्रमै केही गर्ने दृढ अठोटका साथ विभिन्न चुनौतीलाई पन्छाउँदै आजको दिनसम्म आइपुगेको हो । ई–बीमाले वार्षिक बीमितबाट करोडौंको प्रिमियम उठाउँदै आएको छ भने धेरैलाई सेवा दिएको छ ।































प्रतिक्रिया