आगामी मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेष्टुरेण्टमा नेपाली फुड प्रमोशन कार्यक्रम हुने भएको छ ।
नेपालको फुड प्रवद्र्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमि मैतीदेवीको संयोजकत्वमा फुड प्रमोशन कार्यक्रम हुने भएको हो ।
नेपाली फुडलाई विश्वभ प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनहरुलाई नेपाली खानाको स्वाद र परिकारहरु पस्किने कार्यक्रम रहेको छ । नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ ।
फुड प्रमोशन कार्यक्रम टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २ सय अस्ट्रेलियन डलर तोकिएको छ ।
सेफ साहले नेपाली फुडको प्रवद्र्धनको लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताए । उनले नेपाली फुडले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशी चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाहरुको प्रवद्र्धन गर्न लागेको बताए ।
कार्यक्रममार्फत नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताए ।





























प्रतिक्रिया