दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ। स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते विहीबारसम्म आवेदन दिन सक्नेछन्। यस आईपिओमा मागभन्दा बढी आवेदन परेमा समय अघिनै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ।
उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नौमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ।
साथै, कम्पनीले सर्वसाधारणहरुका लागि निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ। यसमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ।































प्रतिक्रिया