मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप

मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप

केन्द्रबिन्दु
0
Shares

मेन्छियाम हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागी आवेदन दिने म्याद थप भएको छ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्ममा आवेदन दिन सक्नेछन्। यता,स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्। मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो।

उक्त आईपिओमा मागभन्दा बढी आवेदन यरेको खण्डमा समयअघिनै  निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको हो। कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ। साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिभने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ। 

यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ। हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

रेटिङ एजेन्सी केयर नेपालले यस आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

Skip This
Skip This
Logo