युभेन्ट्सको सहज जित, लिगको सातौं स्थानमा उक्लियो

युभेन्ट्सको सहज जित, लिगको सातौं स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ । 

आइतबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ४–२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओटले  दुई गोल गरे । त्यस्तै ग्लिसन ब्रेमेर र मातियास सोउलेले एक–एक गोल गरे ।

यता साम्पडोरियाका लागि टोमासो उजेलो र फिलिप डुरीकीले एक–एक गोल गरे । युभेन्ट्सले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो । जितसँगै युभेन्ट्स लिगको सातौं स्थानमा उक्लिएको छ । 

युभेन्ट्सले २६ खेलमा ३८ अंक जोडेको छ । पराजित साम्पडोरिया १२ अंक जोडेर पुछारमा छ ।

Logo