नेपाल र चिनियाँ व्यवसायीहरुको बैठकः नयाँ व्यापारको सम्भावना खोजी

नेपाल र चिनियाँ व्यवसायीहरुको बैठकः नयाँ व्यापारको सम्भावना खोजी

केन्द्रबिन्दु
0
Shares

नेपाल र चीनका उद्योगी, व्यवसायीहरुको बैठक ४ वर्षपछि बसेको छ । सोमवार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीहरुको संयुक्त बैठक बसेको हो । 

बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यपारसम्बन्धी समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका प्रोजेक्टहरु सञ्चालन गर्ने बारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताए ।

नेपाल चाइना च्याम्बरका अध्यक्षसमेत रहेका उनले छलफलमा नेपालीहरुलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरुलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरु नेपाल पठाउने, रोकिरहेको व्यापार सुचारु गर्ने, उद्योगहरु खोल्ने, नयाँ सम्भावनाहरुको खोजि गर्ने कुरामा पनि छलफल भएको बताए । 

उनले चिनियाँ बैंक नेपालमा आउने सम्भावना उच्च रहेको बैठकबाट जानकारी भएको पनि बताए । बैठकमा दुई देश र दुई देशका व्यापारीहरुको सम्बन्धलाई थप प्रगाढ र सुदृढ गर्ने बारेमा पनि छलफल भएको उनले बताए । 

बैठकका लागि सिसिपिआईटी बेइजिङ र सिसिआईओसीका १२ सदस्य टोली नेपाल आएको हो । चीनले नेपाल लगायतका अन्य मुलुकहरुसँग व्यापारिक स्थल खुला गरेको र चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचिमा राखेसँगै नेपाली उद्योगी, व्यवसायीहरु खुशी भएका छन् । 

Skip This
Skip This
Logo