बीवाईडीद्वारा ३ युनिट अल न्यू इसिक्स गाडी आयल निगमलाई हस्तान्तरण

बीवाईडीद्वारा ३ युनिट अल न्यू इसिक्स गाडी आयल निगमलाई हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ३ युनिट अल न्यू इसिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । 

बीवाईडी इलेक्ट्रीक सवारी साधनहरुको अग्रणी कम्पनीको रुपमा रहेको छ र कम्पनीले विश्वभरि ३० लाख न्यू इनर्जी भेइकलको विक्री गरिसकेको छ । 

आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै अल न्यू इसिक्सको खरिद प्रक्रिया अगाडी बढेको हो । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका इसिक्स सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेका छन् । 

सो क्रममा निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहले भने, ‘दिगोपनाको लागि प्रतिबद्घता अनुरुप इलेक्ट्रिक सवारी साधनहरुमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ । हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनहरूमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौं ।’ 

साथै साइमेक्स इन्क प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनेकी छन्, ‘बीवाईडीका इभिएस नेपाल आयल निगमद्वारा खरिद गर्नुुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नु महत्वपूर्ण कदमको रुपमा लिन सकिन्छ । हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरुको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ र हरित, सफा भविष्यको लागि योगदान दिनेछ ।’

नेपालमा सबैभन्दा लामो रेन्ज भएकोे इभी हो जसको सिंगल चार्जमा ५२२ किमिसम्म यात्रा गर्न सकिन्छ । यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo