सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
0
Shares

नेपाली ब्राण्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ। 

फागुन २६ गतेदेखि चैत १७ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीमा छुट दिने घोषणा गरेको हो । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। 

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्। 

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल, कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल सोनामका सोरुम छन्।

त्यस्तै जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतलीलाइन, पोखराको लेकसाइड, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनामका सोरुम सञ्चालनमा छन्। 

Logo