वर्तमान समयानुकुलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारीः उपाध्यक्ष श्रेष्ठ

वर्तमान समयानुकुलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारीः उपाध्यक्ष श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन् । 

महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन् । उनले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको बताए । 

उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए । उनले  अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गर्नुभएको बताए । उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे । उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताए । 

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । उनले पहँुच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पु¥याउनेगरी काम गर्ने बताए । 

उनले भने,‘उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न गरेको छ । हाम्रो पहँुच छ प्रभाव अलि पुगेन की भन्ने कुरामा महशुस गरेको छु । प्रभाव कसरी बढाउने भन्ने किसिममा नयाँ सोच बनाएर अगाडि बढाउँछौं । निर्वाचित भएमा अध्यक्षको साथ लिएर त्यस्ता कुराहरुलाई महासंघको प्रभाव बनाउन विशेष योजना बनाएर जानेछौं ।’

उनले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताए । उनले महासंघको विभिन्न उद्योग,राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताए । उनले वरिष्ठ उपाध्यक्ष भएर काम गर्ने जिल्लादेखि केन्द्रसम्म टिम रहेको बताए । उनले टिममा बसेर महासंघको भिजन पेपर अनुसार काम गर्नको लागि पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने बताए । 

उनले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भिर भएर लाग्ने बताए । उनले बैंकको ब्याजदरको विषयमा बैंकहरुले व्यवसायीहरुको अवस्थालाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए । उहाँले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको भन्दै बैंकको ब्याजदर व्यवसायीहरुले धान्न सक्ने अवस्था नभएको बताए । 

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको आरोप लगाए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले पछिल्लो समय बजारमा तरलता लगायतको समस्या समान्य बन्दै जाँदा समेत ब्याजदर नघट्नेको अवस्थाले दूरी बढ्दै गएको बताए । 

उनले ४ महिनामा नै ८ प्रतिशत रहेको ब्याज १६ प्रतिशत पुग्ने तर घट्ने बेलामा समय लाग्ने गरेको भन्दै बैंक र नियमक निकायले बुझ्न आवश्यक रहेको बताए । उनले बैंक रहे मात्रै व्यवसाय र व्यवसाय रहे मात्रै बैंक बच्ने भएका भन्दै उद्योगी व्यवसायी र बैंक हातेमालो गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय बैंकसँग भन्दा पनि उधारो कारोबारको कारण उद्योगी व्यवसायीहरुबीच फाटो शुरु भएको बताए । उनले आगामी दिनमा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा त्यो सम्बन्धलाई सुधार गर्न आवश्यक पहल गर्ने बताए । 

उपाध्यक्ष श्रेष्ठले साना घरेलु तथा मझौला उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले महासंघले प्रमुख प्राथमिकतामा राखेर मुद्दाहरु उठाई रहेको बताएका छन् । उनले अब नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानु आवश्यक पहल गर्ने बताए । 

उनले भने,‘उद्योग वाणिज्य महासंघले साना घरेलु तथा मझौला उद्योगको विषयमा आवाज उठाई रहेको छ । उठाएको छैन भन्ने विषयमा म सहमत छैन । हामीले देशको अर्थतन्त्रको मेरुदण्ड भनेको नै साना घरेलु तथा मझौला उद्योगहरु हो । एशियन प्यासेफिकमा समेत  साना घरेलु तथा मझौला उद्योगको ४० प्रतिशत योगदान छ । युरोपका देशहरुमा ६० प्रतिशत छ । नेपालमा २२ प्रतिशत छ । सरकारलाई बारम्बार भनिरहेका छौं  साना घरेलु तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादन वृद्धि र अवसर बढाउनु प¥यो । कोभिडको बेलमा रिफाइनान्सिङ साना घरेलु तथा मझौला उद्योगले पाउनुपर्छ भनेका थियौं । यसलाई हेर्न छुट्टै डेक्स हुनुपर्छ भनेर माग गरौं । ठूला व्यवसायीहरुले ठूला उद्योग  गर्छन् तर बजारिकण गर्दा साना घरेलु तथा मझौला उद्योग नै हुन्छन् । साना उद्योग मारमा पर्दा ठूला उद्योग आफैँ मारमा पर्छन । त्यसैले साना उद्योगलाई मर्न दिनुहुँदैन भनेर राम्रोसँग बुझेका छौं । आगामी दिनमा साना घरेलु तथा मझौला उद्योगलाई सशक्त बनाउनुपर्छ । नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानुपर्छ ।’

महासंघले कोभिड पछाडि साना घरेलु तथा मझौला उद्योगको समस्यालाई प्राथमिकताको साथ साधान गर्न सरकारसँग माग गर्दै आएको बताए । 
 

Logo