बुटवल ।
विमानस्थल कार्यालयका सहयोगी तथा मालपोत कार्यालयमा सहजीकरण गर्ने विश्वनाथ लोध र विचौलिया महेन्द्र यादवलाई ४ लाख घूससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । रूपन्देहीको भैरहवामा सञ्चालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयमा कार्यरत एक कर्मचारी र एक जना विचौलिया पक्राउ परेका हुन् ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले बताए। बिचौलियामार्फत रकम लिने गरेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार कार्यालयले जनाएको छ ।
सेवाग्राहीसँग घूस लेन–देन गर्न भैरहवाको सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दै गर्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको डा. भुसालले बताए ।































प्रतिक्रिया