अशोक लेल्यान्डकाे ‘दोस्त’मा ५ वर्षको वारेन्टी घोषणा

अशोक लेल्यान्डकाे ‘दोस्त’मा ५ वर्षको वारेन्टी घोषणा


अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले आफ्नो लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा ५ वर्षको वारेन्टी दिने भएको छ । 

ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि घोषणा गरिएको यो वारेन्टी नेपालको लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी भएको कम्पनीले जनाएको छ । 

नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो र दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ । वारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबै कभर हुनेछ । 

यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुने कम्पनीले जनाएको छ । 

लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँ वारेन्टी अफर उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्दै आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भने- ‘यस वारेन्टीले हाम्रा ग्राहकलाई आफ्नो सवारी साधन अझै विश्वसनिय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ ।’

कम्पनीका नेपालभरका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुनेछ । साथै सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ ।

Logo