मुलुकले विद्युत व्यापार गर्ने बेला भएको छैन -अध्यक्ष ओली

मुलुकले विद्युत व्यापार गर्ने बेला भएको छैन -अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । 

अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने समेत स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भारतले आफ्नो बार्गेनिङ क्षमतामाथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि पटकपटक दोहो-याए । 

अध्यक्ष ओलीले मुलुक भित्रै उद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरे पछि मात्रै यसको विक्रीको कुरा गर्न उपयुक्त हुने धारणा समेत राखे । भारतले अढाई रुपैयामा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिने गरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपैयामा बेच्ने काम गरेर अन्याय गरेको उल्लेख गर्दै त्यस्ता खालको काममा लाग्न नहुने उनको भनाई थियो । 

Logo