काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई पत्र काटेको छ । नेपाल सरकार र महासंघबीच संचालित कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मङ्गलबार पत्र काटेको हो ।
महासंघको कृषि उद्यम केन्द्रमा करोडौं रकम भ्रष्टाचार भएको विषयमा छानविन भैरहेको र छानविनका क्रममा कतिपय प्रमाणहरु अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्न अख्तियारले पत्र काटेको हो ।
विगत ९ बर्षदेखि महासंघ अध्यक्ष राणा सभापति भएर सम्हाल्दै आएको कृषि उद्यम केन्द्रमा ठूलो रकम आर्थिक हिनामिना भएको भन्दै ०७५ पुसमा उजुरी परेको थियो । त्यस पश्चात अख्तियारले महासंघको फाइल मगाएर अनुसन्धान गर्दा खर्च विवरणको विल भौचर नरहेको, खर्च गरेको आधार नभेटिएको तथा काटिएको विल भौचर पनि प्रस्ट नभएकाले थप कागजातसहित एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
अख्तियारले कृषि मन्त्रालय र महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रद्वारा संयुक्त रुपमा संचालित एक जिल्ला एक उत्पादन अन्तर्गतका विभिन्न ४ वटा आयोजनाहरुको खर्च विवरण पारदर्शी नभएको भन्दै पत्र काटेको छ ।































प्रतिक्रिया