रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय जीवनबीमा र यसको जनचेतनाले पु-याएको सकारात्मक पक्षले गर्दा जीवनबीमा संस्कारको रुपमा विकास हुँदै गएको छ । 

यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलीसी उपहारस्वरुप प्रदान गरेका छन् । 

जीवनकिरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिकआय सुविधा, प्राणघातक रोगविरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम् एमडीआरटी सदस्य बबिब दुवालले जन्मोत्सवका बिच बीमा पोलीसी हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् । 

साथै जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलीसी लिएकोमा दुवाल परिवारलाई वागमति प्रदेश प्रमुख मदन विष्टले बधाई एवम धन्यवाद दिए ।

Logo