सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको छ ।
पाँच प्रतिशत अर्थात् दुई लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र तीन प्रतिशत अर्थात् एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहररूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।
सार्वजनिक निसष्कासनका लागि छुट्याइएकोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।





























प्रतिक्रिया