मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” सन्चालन

मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” सन्चालन

केन्द्रबिन्दु
0
Shares

आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ ।

यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने कम्पनीको दाबी छ । 

साथै यो एपमार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्नसमेत सकिने छ । 

मिडास टेक्नोलोजीद्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउँदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने विश्वास गरिएकाे छ ।

Skip This
Skip This
Logo