‘होटलले ग्रामीण पर्यटनको झल्को दिनुपर्छ’ : पर्यटनमन्त्री

‘होटलले ग्रामीण पर्यटनको झल्को दिनुपर्छ’ : पर्यटनमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

समितिको कार्यालयको शुक्रबार निरीक्षण गर्दै उनले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने गरी आवास गृह र स्तरीय होटल बनाउन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले समितिले सञ्चालन गरेको नगरकोट, पोखरा, ककनी क्षेत्रका होटललाई ग्रामीण पर्यटनको झल्को दिने गरी नमूनाको रुपमा विकास गर्न पनि निर्देशन दिए। हायात रेजन्सी होटलको जग्गा विवाद चाँडो समाधान गर्न आग्रह गर्दै उनले ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने आयोजना सञ्चालन गर्न समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई निर्देशन दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले तारागाउँबाट सञ्चालन भएको होटल विदेशीस्तरको बनाउन आग्रह गरे। समितिका अध्यक्ष न्यौपानेले अब तारागाउँ विकास समितिको सट्टा राष्ट्रिय ग्रामीण पर्यटन विकास समिति बनाउन माग गरे ।रासस

Logo