काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपामा यतिबेला अर्लि महाधिवेशनको चर्चा सुरु भएको छ । गत शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्लि महाधिवेशको प्रस्ताव ल्याएसँगै यसको चर्चा सुरु भएको हो । गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्लि महाधिवेशनको प्रस्ताव ल्याएसँगै प्रचण्ड उक्त प्रस्तावमा सहमत भएका छन् ।
त्यस्तै संसदीय समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारलाई त्यस्तो निर्देशन दिएको हो ।
पत्नी हत्याको अभियोगमा जेल चलान भएका सशस्त्र प्रहरी बलका पूर्व डीआइजी रञ्जन कोइराला थुना मुक्त भएका छन् । हत्याको अभियोगमा जन्मकैदको सँजाय भोगि रहेका कोइरालाको मद्दामा सर्वोच्च अदालतले गत असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि उनी बिहीबार बिहान थुना मुक्त भएका हुन् ।
त्यस्तैगरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अन्त्य भएसँगै संक्रमण बढ्दो छ । सरकारले मंगलबार रातिबाट लकडाउनको अन्त्य गर्ने निर्णय गरेसँगै कोरोना भाइरसको संक्रमण बढेको हो । गत चैत्र ११ देखि मुलुकभर एकैसाथ लकडाउन गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को सेवा सुविधा बढी भयो भन्ने चौतर्फी आवाज उठेपछि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सिइओहरुको तलबमा पुनरावलोकन गर्ने उल्लेख गरेको छ । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सिइओहरुको तलबको विषयमा राष्ट्र बैंकले नै निर्णय गर्ने बताएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया