नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सर्‍यो

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सरेको छ । साउन २६ र २७ गतेका लागि तोकिएको चुनाव सरेको हो ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भने पछि चुनाव सार्नु परेको महासंघले जनाएको छ ।

अर्को मिति भने तय गरिएको छैन । आज महासंघले आगामी निर्वाचनका लागि छलफल गर्न पूर्वअध्यक्षहरुसँग बैठक राखेको थियो । सो बैठकले साधारणसभाका सम्पूर्ण कार्यक्रमहरु हाललाई संचालन नगर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाका कारण गत चैत्र ११ गतेदेखि लकडाउन गरेपछि महासंघको चैतको अन्तिम साता हुने चुनाव त्यतिबेला पनि स्थगित भएको थियो ।

Skip This
Skip This
Logo