काठमाडौँ । एक वर्षदेखि निरन्तर रुपमा नेपाली बजारमा सुनको मुल्य बढ्दै गएको छ । नेपालमा सामान्यतया विवाहको लगन र चाडपर्वमा बढ्ने सुनको मुल्य विगत एक वर्षदेखि लगातार रुपमा विवाहका लगन तथा कुनै चाडपर्व विना नै उतारचढाव आइरहेको छ ।
करिव एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उतारचढाव आइरहेकाले नेपालमा यसको असर पर्दै गएको हो । गत साउन र भदौ महिनामा अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेसँगै सूनको मूल्य पनि वृद्धि हुन थालेको थियो । त्यो सँगै चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिका बिच पछिल्लो समय भएको विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको थियो ।
यसरी नेपालमा अन्तर्राष्ट्रिय घटनाले सुनको मुल्यमा पारेको प्रभावका कारण मुल्यबृद्धी भइरहेको अवस्थामा पछिल्लो चार महिनादेखि कोरोना भाइरसको प्रभावले व्यापार व्यवसाय नै ठप्प हुन पुगेको थियो । यसबीचमा पनि कोरोना प्रभावले सुनमा लगानी सुरक्षित देखेर लगानीकर्ताको आकर्षण बढ्दा सुनको मुल्य उच्च हुन पुगेको थियो ।
यसरी विभिन्न अन्तराष्ट्रिय घटना क्रमले वृद्धि हुँदै गएको सुनको मुल्य २०७६ साउन १ गते देखि २०७७ साउन ८ गतेसम्म एक वर्षमा प्रतितोला ३० हजार रुपैयाँ सुनको मुल्य बढेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनका कारण करिव तीन महिनासम्म कोरोबार बन्द भएको थियो ।
यसरी बन्द रहेको व्यवसाय गत जेठ २६ गते देखि सुचारु भएको थियो । तर, व्यवसाय सञ्चालनमा आए पनि सुन किन्ने भन्दा पनि बेच्ने मानिसहरु बढेका छन् ।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट





























प्रतिक्रिया