पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । लगातार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा शेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म कूल १५ लाख २६ हजार जनाको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्याङ्कन भने गर्न बाँकी रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल सात अर्ब ५८ करोडको साधारण शेयरमा झण्डै १८ अर्ब नौ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिन सक्ने बताइएको छ ।
सो बैंकको साधारण शेयरमा १५ लाख २६ हजार ५२७ वटा आवेदन परेको हो । साधारण शेयर यही माघ २ गतेदेखि मंगलबारसम्म बिक्री गरिएको हो ।





























प्रतिक्रिया