नेपाली सडकमा लोकप्रिय महिन्द्रा स्कर्पियो पिकअप

नेपाली सडकमा लोकप्रिय महिन्द्रा स्कर्पियो पिकअप


नेपालका अधिकांश बाटोहरु ग्रामीण इलाकामा पर्छन्। त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ। 

अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ। किनकि डबल क्याब पिकअपमा ५ यात्रुसहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ। नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअपमध्येको एक हो ‘महिन्द्रा स्कर्पियो पिकअप’।

स्कर्पियो पिकअप फुल अप्सन गाडीको प्रोभन पर्फरमेन्स र हाई फिचर्सका कारण  हालसम्म नेपालका सबै भूभागमा ५ हजारभन्दा बढी महिन्द्रा पिकअप गाडी दौडिरहेका छन् र नेपालको लागि यस्तो उत्कृष्ट गाडी जीवनशैली र भौगोलिक हिसाबले उत्तम स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रंगमा उपलब्ध रहेको छ।  

सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो   पिकअप उपभोक्ताहरु माझ पनि यसको फोरह्विल्ड अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्चस्तरको विशेषता, शक्तिशाली प्रदर्शन, अधिकतम सुरक्षा र  प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल छ। 

स्कर्पियोको लोकप्रियता नेपाली बजारमा मात्रै नभई विश्वव्यापी रुपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा समेत कायम रहेको छ। 

स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० एचपी पावर र ३२० एनएम टर्क छ। यसमा २१० एम.एम को ग्राउन्ड क्लियरेन्सका साथै फोरह्विल्डको मद्दतले नेपालको कुनै पनि कुनामा सहजरुपमा यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।  

सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषताहरु रहेका छन्। स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ। सुपथ मुल्यमा यग्नत धेरै विशेषता र शक्तिशाली इन्जिन भएकाले नै  बजारमा पाउने अरु पिकअपहरु भन्दा महिन्द्रा स्कर्पियो पिकअप उत्कृष्ट र आरामदायी रहेको छ। 

महिन्द्रा स्कर्पियो पिकअपलाई नेपालमा विगत ३ दशकदेखि अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले देशको सातै प्रदेशमा बिक्री र बिक्रीपछि मर्मत सेवाहरू प्रदान गर्दै आएको छ। आजसम्म आउँदा अग्निको  ८० भन्दा बढी नेटवर्कवक, शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन्। 

Logo