सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन १३ सयले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन १३ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन आज भने १३ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन ९४ हजारमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैंयाँमा कारोबार भएको छ ।

चाँदीमा पनि आज प्रतितोला ९५ रुपैंयाँले बढेको छ । आज चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको छ ।

Logo