नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले सहयोग र सहजीकरण गरेमा निजी क्षेत्रले सूचना अर्थतन्त्रलाई नयाँ उचाइमा लान सक्ने बताएका छन् ।
मंगलबार सूचना सञ्चार प्रविधि मन्त्रालयद्वारा छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले डिजिटल सेवाग्राहीहरू बढी हुँदा उपभोक्ताको गुनासो र अधिकारको पनि सम्बोधन हुन जरुरी रहेको बताएका हुन् । उनले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडि बढिसकेकाले थप सहजीकरण गर्न सरकारसंग आग्रह गरे ।
उनले भने, ‘नेपाल सरकारले सहयोग एवम् सहजीकरण गरेको खण्डमा निजी क्षेत्रले सूचना अर्थतन्त्रलाई नयाँ उचाइमा लान सफल हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु । डिजिटल सेवाग्राहीहरु बढी हुँदा उपभोक्ताको गुनासो र अधिकारको पनि सम्बोधन हुन जरुरी छ ।’
अध्यक्ष ढकालले प्रविधिलाई आत्मासाथ गर्नाले जीवन सहज बन्ने टिप्पणी गरे । सूचना प्रविधिको प्रयोगले निजी क्षेत्रको उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको उनको भनाइ छ । सूचना प्रविधिको क्षेत्रलाई कसरी सहज र सर्वसुलभ बनाउन सकिन्छ भन्ने कुरामा निरन्तर प्रयास रहनु आजको आवश्यक रहेको पनि उनले बताए ।





























प्रतिक्रिया