देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुंग्याउन प्राधिकरणको आग्रह

देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुंग्याउन प्राधिकरणको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सर्वोच्च अदालतलाई यूटीएलको मुद्दा चाँडो टुङग्याउन लगाइदिन आग्रह गरेका छन् । 

मंगलबार काठमाडौंम आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रममा उनले देशको सञ्चार प्रविधि (आईसीटी) विकासलाई नै अल्झाएको भन्दै यूटीएलको मुद्दा चाँडो टुङग्याउन आग्रह गरेका हुन् । उनले भने, ‘अन्य प्रदेशमा पनि यही रफ्तारले काम अगाडि बढाइएको छ । लुम्बिनीको हकमा भने सर्वोच्च अदालतमा दायर मुद्दा अझै विचाराधीन अवस्थामा छ । हामी सम्माननिय अदालतलाई यो विषयका शीघ्र किनारा लगाईदिनको लागि अनुरोध गछौं  ।’

अध्यक्ष खनालले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर हालसम्म १६६७ किमी अप्टिकल फाइबर विस्तार कार्य सम्पन्न भएको जानकारी दिए । मध्यपहाडी लोकमार्गमा ५० ओटा डीडब्लूडीएम र ९० ओटा उच्च क्षमताका राउटर जडानको कार्य समेत सकिएको उनले बताए ।  

Logo