नमस्ते पे को नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त

नमस्ते पे को नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त

केन्द्रबिन्दु
0
Shares

नमस्ते पे को प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेल नियुक्त भएका छन् ।

नेपाल डिजिटल पेमेंट्स कम्पनीको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको हो । 

पोखरेलले अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटिच कम्पनीहरूमा २७ वर्ष भन्दाबढी काम, सफ्ट इन्टरनेशनल र एम नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।

साे अवसरमा सीईओ पोखरेलले भने,‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु ।’ उनले पदभारसमेत गरेका छन् । 

साथै पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने, “विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ ।” 

Skip This
Skip This
Logo