तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४०रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, सलगम ७० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ,मटरकोशा ६०,मकै बोडी ९०,तितो करेला ४०,परवल ९०,भटमासकोशा १९०,पाकेको फर्सी ४५,भिण्डी ९० तथा स्कूस ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।
हिजोको तुलनामा आज तरकारीको मूल्य केही सस्तिएर आएको छ । 

आज चमसूरको साग १००,पालुंगो साग १००,रायोको साग ३०,तोरीको साग ३०,हरियो प्याज ६०,कन्य च्याउ १४०,डल्ले च्याउ ४०० ब्रोकाउली ९०, कांक्रो ६०,भन्टा लाम्चो ५०,प्याज सुकेको ३४, हरियो फर्सी ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । 

त्यस्तै,फूजी स्याउ २५०,केरा दर्जनको १३०,कालो अंगुरको २५० रुपैयाँ, हरियो अंगुर १३० अनार २५०, आभोकाडो ५००,मौसम १५०,जुनार २२०,किवि ४००, तरबुजा (हरियो) ३५ तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Skip This
Skip This
Logo