सामसङले बजारमा ल्यायो ‘ग्यालेक्सी एम१४ फाईभ जी’

सामसङले बजारमा ल्यायो ‘ग्यालेक्सी एम१४ फाईभ जी’

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सामसङको नयाँ फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी एम१४ फाईभ जी’ मोबाइल बजारमा ल्याएको छ ।

कम्पनीले बुधबारदेखि देशभरका सबै शोरुमहरूमा यो मोडेलको फोन उपलब्ध भएको जानकारी दिएको छ । यसमा ५० मेगापिक्सेलका  तीन ओटा क्यामरा छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्नसक्ने कम्पनीले जनाएको छ । ६+१२८ जीबीयुक्त फोनको मूल्य रु.२४,९९९ तोकिएको छ ।

त्यस्तै, फोनमा सेल्फी खिच्नका लागि १३ मेगापिक्सेलको क्यामेरा रहेको छ । कम्पनीले फोनमा ६००० एमएएच क्षमताको ब्याट्री दिएको छ । एक पटकको चार्जमा लगातार दुई दिनसम फोन चलाउन सकिने कम्पनीले जनाएकाे छ । 

स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ्गलाई सपोर्ट गर्छ । यो फोनको अर्को विशेषतामा ५ एनएम एक्जिनस १३३० प्रोसेसर रहेको छ ।

Logo