नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो । 

साथै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।

बिहीबार चाँदी भाउमा पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Skip This
Skip This
Logo