वायु प्रदूषणको असरः देशकाे बदनाम, जनताको स्वास्थ्यमा गम्भीर समस्या

वायु प्रदूषणको असरः देशकाे बदनाम, जनताको स्वास्थ्यमा गम्भीर समस्या


कचौरा आकारको काठमाडौं यस वर्ष पनि प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा आयो । हरेक वर्ष काठमाडौंले विश्वभर यो बदनामी भोग्दै आएको छ । तर यो भन्दा डरलाग्दो पक्ष भनेको प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असर हो । काठमाडौं उपत्यकावासी प्रदूषणको मारमा पर्दा उनीहरुले श्वासप्रश्वास सम्बन्धि गम्भीर समस्या भोग्दै आएका छन् भने प्रदूषणबाट सिर्जित स्वास्थ्य समस्याकै कारण मृत्यु हुनेको दर बढ्दो छ ।  

समग्र देशभर र काठमाडौं उपत्यकामा वायु प्रदूषणको चपेटमा लपेटिदो छ । यही बढ्दो वायु प्रदूषणको कारण मानव शरीरमा विभिन्न किसिमका रोगहरु लाग्ने तथा अकालमै ज्यान गुमाउनेको संख्या बढ्दो छ । तथ्याङ्क अनुसार काठमाडौं एसियाकै सर्वाधिक प्रदूषित शहरमा परेको छ । वायु प्रदूषणले अहिले विशेष गरेर स्वासप्रस्वास गम्भीर असर गर्दा यस्को प्रत्यक्ष मारमा नेपाली जनता पर्दै आएका छन् । नेपालमा वायु प्रदूषण सिर्जित स्वास्थ्य समस्याका कारण प्रत्येक बर्ष ४२ हजार बढी नेपालीले ज्यान गुमाउँदै आएका छन् भने काठमाडौं उपत्यकामा हरेक बर्ष ५ हजारले बढीले ज्यान गुमाउने गरेका छन् । 

‘वायु प्रदूषण बढ्नुको मुख्य कारण नै मानवीय व्यवहार हो । प्रदूषण यही कारणले बढ्यो भन्न सकिन्न किनभने यो कुनै एक कारणले नभई विभिन्न कारणले बढ्ने गदर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारी अनुसार ‘वायु प्रदूषणको स्तर काठमाडौंसहित देशभर विग्रदै गएको छ । पछिल्लो समयको तथ्यांकको आधारमा हेर्दा अहिले पानी पर्न थाले पछि चाहीँ प्रदूषण कम भएको देखिन्छ । तर विगतका बर्षहरुको तुलनामा चाहीँ प्रदूषण बढ्दै गएको देखिन्छ । यो काठमाडौं उपत्यकामा मात्र नभई वायु प्रदूषणको मात्रा नेपालमा नै बढ्दै गएको छ । हामीले प्रदूषण के गरी कम गर्ने तथा बच्ने भन्ने तर्फ लाग्नु पर्छ । र दीर्घकालीन समयसम्मको लागि प्रदूषणलाई कम गर्न तर्फ लाग्नु पर्छ ।’ 

उनले थपे, ‘समग्र रुपमा हेर्दा काठमाडौंको अवस्था प्रदूषित वायु एकदमै बढेर गएको छ । पछिल्लो समय पानी नपरेर वनमा डढेलो लाग्नु, धेरै फोहोरहरु जलाइनु, सवारी साधनहरुको बढी प्रयोग हुनाले वायु प्रदूषण बढेको हो । र वायु प्रदूषण बढ्नुको मुख्य कारण नै मानवीय व्यवहार हो । प्रदूषण यही कारणले बढ्यो भन्न सकिन्न किनभने यो कुनै एक कारणले नभई विभिन्न कारणले बढ्ने गदर्छ ।’                    

वायु प्रदूषण बढ्नुको कारण 

  • सवारी साधनहरुको बढी प्रयोग गर्नाले 
  • वनहरुमा आगलागी तथा डढेलो लाग्नाले 
  • बढी मात्रामा उद्योग, कलकारखानाहरु खोल्नाले 
  • प्लाष्टिकहरु बढी मात्रामा जलाउनाले 
  • रुख विरुवा मासिदै जानु, नयाँ वृक्षरोपण नहुनाले 
  • समयमा पानी नपर्नाले आदि ।

यसलाई कम गर्न के गर्ने ?

  • उद्योगमा नवीकरणीय उर्जाहरुको प्रयोग गर्ने 
  • सवारी साधनहरु प्रयोग गर्दा निजी तथा कमरुपमा प्रयोग गर्ने
  • इन्धनयुक्त सवारी साधनको सट्टा साइकल प्रयोग गर्ने 
  • घरमा ग्यासको सट्टा विद्युतीय चुलो तथा सोलारको प्रयोग गर्ने 
  • फोहोर जलाउन पूर्ण रुपमा बन्द गर्ने आदि ।

सहायक प्रवक्ता अधिकारी भन्छन्, ‘वायु प्रदूषणले मानवलाई मात्र नभई सम्पूर्ण प्राणी तथा बोटविरुवालाई पनि असर गर्दछ । जसको कारण बोटटविरुवा पनि फक्रन पाउँदैन । पानी पर्ने कुरामा पनि यसले असर गरिरहेको हुन्छ । यसले सम्पूर्ण कुराहरुमा असर गर्दछ । अहिले केही समयको लागि पानीले फोहोर तथा प्रदूषण बढारेको छ तर हामीले यसै गरी वातावरण प्रदूषण गर्ने इन्धनहरुको प्रयोग गरि राख्यौं भने फेरी त्यही प्रदूषण उत्पन्न हुन्छ । हामीले प्रयोग गर्ने सवारी साधन तथा प्रदूषण उत्सर्जन गर्ने साधनको प्रयोगमा कम गरेनौं भने प्रदूषण नियन्त्रण मुश्किल पर्छ ।’ 

जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको नेपालमा बढ्दो वायु प्रदूषणले विकराल समस्या निम्याउँदैछ । यसतर्फ सरकारदेखि सरोकारवाला निकाय र आम जनता सजग हुनुपर्ने अवस्था आएको छ । 

वातावरण प्रदूषणका कारण हुने समस्याहरु 

  • आँखा पोल्ने
  • छाला चिलाउने
  • स्वाशप्रस्वाशमा समस्या हुने 
  • फोक्सोको काम गर्ने क्षमता कम हुने
  • स्नायु प्रणालीमा असर गर्ने 
  • मुटु लगायत शरीरका अन्य अङगहरुमा असर गर्ने 
  • शारिरीक वृद्धि विकासमा असर गर्ने  
  • मानसिक वुद्धि विकासमा असर गर्ने तथा क्यान्सर जस्ता खतरनाक रोगहरु लाग्ने हुन्छ । 

सहायक प्रवक्ता अधिकारी भन्छन्, ‘वायु प्रदूषणले तत्कालीनदेखि दीर्घकालीन समयसम्म असर गदर्छ । वायु प्रदूषण न्यूनीकरण गर्नको लागि मानवीय व्यवहार नै सबै भन्दा ठूलो कुरा हो । कुनै एक व्यक्तिले, संस्थाले मात्र कोशिस गरेर वायु प्रदूषण कम हुँदैन । यसका लागि सबै एक जुट भएर मिलेर गयौं भने वायु प्रदूषण कम हुन्छ । प्रत्येक घरमा ग्यासका चुलो प्रयोग नगर्ने तथा गर्नै परेमा पनि कम मात्रामा तथा इलेक्ट्रीक वा सोलारको प्रयोग गर्ने गर्दा उचित हुन्छ । सबैले आआफ्ना घर वरिपरि रुख लगाउने गर्नुपर्छ । सवारी साधन पनि कम मात्रामा प्रयोग गर्ने तथा साईकलहरु बढी मात्रामा प्रयोग गर्ने । अर्को महत्वपूर्ण कुरा चाहीँ फोहोर जलाउन कम तथा बन्द गर्नु पर्छ, डढेलो लाग्न नदिने तर्फ सचेत हुनु पर्छ । स्वास्थ्य मन्त्रालयले पनि वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।’ 

जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको नेपालमा बढ्दो वायु प्रदूषणले विकराल समस्या निम्याउँदैछ । यसतर्फ सरकारदेखि सरोकारवाला निकाय र आम जनता सजग हुनुपर्ने अवस्था आएको छ । 

Logo