गत आर्थिक वर्षमा आन्तरिक राजश्व विभागद्वारा ४ खर्ब रुपैंयाँ राजस्व संकलन

गत आर्थिक वर्षमा आन्तरिक राजश्व विभागद्वारा ४ खर्ब रुपैंयाँ राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आन्तरिक राजश्व विभागले गत आर्थिक वर्ष २०७६/७७ मा करिब ४ खर्ब रुपैंयाँ राजश्व संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी रहेको छ ।

विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्त:शूल्क, शिक्षा सेवा शूल्क लगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैंयाँ गत आवमा राजश्व संकलन गरेको जानकारी दिएको छ ।

अघिल्लो आव २०७५/७६ मा कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैंयाँ विभागले संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा २६ अर्ब बढी राजश्व संकलन गरेको हो ।

संकलित राजश्वमध्ये आयकर बापत २ खर्ब १७ अर्ब २६ करोड रुपैंयाँ, मूल्य अभिवृद्धि कर वापत ९८ अर्ब २२ करोड रुपैंयाँ, अन्त:शुल्क वापत ६४ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । साथै, शिक्षा कर र अन्य गरी ४ अर्ब ४ करोड रुपैंयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

Logo