सामान्य अंकले घट्यो सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार

केन्द्रबिन्दु
0
Shares

सातामा कारोबार हुने चौथो दिन बुधबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । बुधबार नेप्से मंगलबारको तुलनामा २ दशमलव ४३ अंकले घटेर १ हजार ८४१ दशमलव ९३ को विन्दुमा झरेको हो । 

मंगलबार १० दशमलव ६६ अंकले बढेको थियो । 

बुधबार नेप्से परिसूचक घटेपनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सर्वाधिक ८ दशमलव २४ प्रतिशतले बढेको छ । त्यसैगरी बाराही हाइड्रोपावर कम्पनीको ५ दशमलव ८७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ४ दशमलव शून्य २ र विपिडब्लु लघुवित्तको ४ प्रतिशतले सेयर मूल्य बढेको छ । 

कारोबारमा आएको ९ दशमलव ५ प्रतिशत एनसीसी डिबेन्चर्स २०८६ को मूल्य सबैभन्दा बढी ७ दशमलव २४ प्रतिशतले घटेको छ ।

बुधबार २६५ धितोपत्रको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर ५८ करोड ९१ लाख रुपैयाँमा खरिदबिक्री भएको हो । कारोबारमा आएको ८८ कम्पनीको सेयर मूल्य बढेको छ । ११३ कम्पनीको घटेको छ भने, १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो ।

Logo