आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले गरे शपथ ग्रहण

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले गरे शपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर (मर्ज) बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण गरेका छन् । 

उनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा आईएमई प्रुडेन्सियलका अध्यक्ष ढकाललाई शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थिति थियो ।

आजैदेखि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार शुरुवात भएको हो । एकिकृत कारोबारपश्चात् कम्पनीको अध्यक्ष र सिइओ दुवै आईजीआई जनरल इन्स्योरेन्सले पाएको छ । 

नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बनेका छन् भने श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) भएका छन् ।

Logo