नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा तीन एसेम्बलिङ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा रोयल इन्फिल्ड, होन्डा र हिरो मोटोकर्पले मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेका हुन् ।
रोयल इन्फिल्डका मोटरसाइकल नेपालमा उत्पादन गर्नका लागि टीजी अटो ग्रुप भदौ २ गते दर्ता भएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर ९ मा स्थापना हुने गरी टीजी अटो ग्रुप प्रालिको दर्ता गरेको हो । यसका लागि ३८ करोड लगानी हुनेछ भने वार्षिक ८ हजार मोटरसाइकल उत्पादन गरिने कम्पनीले जनाएको छ ।
नेपालमा होन्डा मोटरसाइकल र स्कुटर एसेम्बल गर्नका लागि हिमाल मोटो नेपाल गत भदौ २३ गते दर्ता भएको छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा एसेम्बलिङ प्लान्ट रहने सो उद्योगमा ६० करोड रुपैयाँ लगानी हुने कम्पनीको भनाई छ ।
हिरोका मोटरसाइकल र स्कुटर एसेम्बलिङ गर्ने उद्येश्यका साथ स्थापना भएको एनजीएम इन्जिनियरिङ एन्ड सेल्समा ३३ करोड रुपैयाँ लगानी हुनेछ ।





























प्रतिक्रिया