1
1
1
1
1
0
Shares

वीरगंजमा प्रदेशस्तरिय क्यान इन्फोटेक माघ ९ देखि

1
1
1
1
1
1
1
1

वीरगंज,

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेश स्तरिय सूचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ ।

प्रदेश स्तरीय दोस्रो संस्करण क्यान इन्फोटेक माघ ९ देखि १३ गते सम्म वीरगंजस्थित नगरसभा गृह (टाउन हल) मा आयोजना हुनेछ । १ दशक अघि स्थापना भएको क्यान महासंघ पर्साले जिल्लामा सूचना संचार तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।

प्रकाशित: २१ पुष २०७६ १४:४२ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी