कस्तो आउला आज मौद्रिक नीति ?

कस्तो आउला आज मौद्रिक नीति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज आगामी वर्षका लागि मौद्रिक नीति ल्याउँदै छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्र संकटमा परेको भन्दै त्यसलाई उकास्न सबै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने गरी राष्ट्र बैंक तयारीमा जुटेको यस अघि नै बताइसकेका थिए ।

कोरोनाका कारण कयौँ युवाहरु रोजगारी गुमेका कारण बेरोजगार भएका छन् । जसका कारण सरकारले बजेटमार्फत नयाँ रोजगारी सृजना गर्ने योजना अघि सारेको छ । राष्ट्र बैंकले बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने भएकाले रोजगारी सृजना गर्ने गरी पुनर्कर्जालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने योजना बनाएको अधिकारीको भनाइ थियो ।

पुनर्कर्जा कार्यान्वयन गर्न सके स्थानीय तहमा रोजगारी बढ्ने हुँदा राष्ट्र बैंक त्यसतर्फ केन्द्रीत भएको गभर्नर अधिकारीले बताए । उनले कोरोनाको असर रहेसम्म पुनर्कर्जाको व्यवस्था रहने समेत जानकारी दिए । ७ सय ५३ वटै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने गरि मौद्रिक नीति ल्याउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले यस अघि विभिन्न सरोकारवालाहरुसँग सुझाव मागेको थियो ।

अर्थविद् र सरोकारवालाहरुले नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति तर्जुमा गर्दा संघीय अर्थ व्यवस्था सुहाउँदो र बन्दाबन्दी र कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई गतिशील बनाउन सघाउ पुग्ने खालको व्यवस्था गर्न ध्यान दिनु पर्ने सुझाव दिएका थिए।

Logo