आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने अर्थमन्त्री डा. प्रकाश शरण महतले घोषणा गरेका छन ।
डा. अर्थमन्त्री प्रकाश शरण महतले सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकारले उर्जा क्षेत्र विकासका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना र दूधकोशी आयोजनाको मोडालिटी तयार गरी निर्माण अगाडि बढाइने अर्थमन्त्रीले बताएका छन् । वैकल्पिक उर्जा प्रवर्द्धन गर्न १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ । २ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पु-याइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।





























प्रतिक्रिया