अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएकाे बजेट पुजिँगत खर्चको समस्या समाधानका लागि कोषे ढुङ्गा सावित हुने जिकिर गरेका छन् ।
संसदमार्फत बजेट प्रस्तुत गरेर बाहिरिने क्रममा संचारकर्मीसंग अर्थमन्त्री महतले कार्यान्वयनमा कुनै समस्या नरहेको जिकिर गर्दै अप्ठ्यारा हटाउने गरी बजेट तयार गरेको जिकिर गरेका हुन् । ‘समयमा पुजिँगत खर्च नहुने नै समस्या छ ।’ उनले भने, ‘पुजिँगत खर्चको समस्या हल गर्ने तर्फ एउटा कोषे ढुङगा सावित हुन्छ ।’
नियमित अनुगमन गर्ने भन्दै अर्थमन्त्री महतले पुजिँगत खर्चको प्रभावकारिता बढ्ने बताए । उनले सांसद विकास कोषको बजेटको बचाउ गरे ।
प्रतिक्रिया