काठमाडौं ।
गत आर्थिक वर्षको एघार महिना (जेठसम्म )मा शोधनान्तर १७९ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको गत आर्थिक वर्षको एघार महिनाको मुलुकको आर्थिक अवस्थाले शोधनान्तर स्थिति बचतमा रहेको देखाएको छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा चालु खाता घाटा ७१.२ प्रतिशतले घटेर ७१ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४९ अर्ब ८ करोड रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८० करोड रहेको राष्ट्र बैंकले देखाएको छ ।





























प्रतिक्रिया