अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसद विकास कोषको विषयलाई लिएर आलोचना भएपछि त्यसबारे प्रष्टिकरण दिएका हुन् ।
उनले भने, ‘सांसद विकास कोष सांसद विकासको कुरामा, पहिलो कुरा यो सांसद विकास कोष होइन । यो संसदीय क्षेत्र विकास कार्यक्रम हो । तपाईंहरुले जुन पहलाको हिसावले हेरिरहनु भएको छ सिधैं सांसदले पाउने, सांसदले आफू खुसि खर्च गर्ने त्यो मोडेलमा यो छैन् । बजेट वक्तव्यमा सबै कुरा आउँदैन् गर्नु पनि उपयुक्त हुँदैन ।’
अर्थमन्त्री महतले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकाशका कार्यक्रम पुगोस् भनेर यसको व्यवस्था गरिएको बताए । ‘१६५ निर्वाचन क्षेत्र छ । अनि हाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरु कार्यक्रमको खर्च निश्चित हुन्छ । अरु ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केही पुगोस भन्ने लक्ष्य सहित संसदीय विकास कार्यक्रम राखेको हो ।’ उनले भने ।
अर्थमन्त्री महतले सांसदको सिफारिसमा खर्च गर्ने गरी यसको व्यवस्था गरिएको बताए । ‘यो राख्दा सांसदहरुको भुमिका सिफारिस गर्ने मात्र हुन्छ । त्यहाँबाट जनताबाट चुनेर आएका सांसदहरु सिफारिस पनि गर्नु हुँदैन् ? सिफरिस गर्नु अपराभ जस्तो हो भनेर पनि हेर्नु भएन् । जनताले चुनेर पाठाएका, हामीले के भनेका छौं भने ५ करोडमा १ करोड भन्दा कम्तीको आयोजना हुनुहुँदैन् । त्यसैले उहाँहरुको भुमिका सिफरिस गर्ने मात्र हो । त्यसबाहेकका काम सम्बन्धित मन्त्रालयले गर्छ ।’





























प्रतिक्रिया